मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता कायमै

काठमाडौँ ।  बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले १ हजार ३२५ र नेपाली काँग्रेसका रंगबहादुर खातीले ८८६ मत पाउनुभएको छ ।

त्यस्तै, उपप्रमुखमामा एमालेमा मायाकुमारी खड्काले १ हजार २९० मत पाउनुभएको छ भने काँग्रेसका रीता शाहीले ९१९ मत छ ।

हालसम्म वडा नम्बर १, १० र २ को २ हजार ३४० मत गणना भएको छ । मत गणना सकिएका वडा नम्बर १, १० मा नेकपा एमाले विजयी भएको छ भने वडा नम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।

बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ०२ बजे