दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गर्नुभएको हो । 

‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भन्नुभएको छ ।  ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’ 

जापनका पूर्व प्रधानमन्त्री आबेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको थियो । 

गोलीलागि गम्भिर घाइते बन्नुभएका उहाँलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उहाँको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।  

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ४८ बजे