दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपपुर नगरपालिका–७ स्थित कुन्ता बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ सिन्धुकोट बस्ने ३५ वर्षीया कान्छी मिजार रहेकी छन् । 

काठमाडौंबाट मेलम्चीतर्फ जाँदै गरेको बा.२ ख ६६७४ नम्बरको बसले उनलाई शुक्रबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।  

बसबाट झर्ने क्रममा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : १० बजे