‘एउटै नाउरको सिकार गर्न २३ लाख’

निता र हरिहर विवाह बन्धनमा

काठमाडौँ । अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिनुभएको छ । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गर्नुभएको हो । 

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ मात्र सहभागी थिए । 

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गर्नुभएको थियो । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी हुनुहुन्थ्यो । निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने हुनुभएको छ । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : २२ बजे