दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बुढीगंगा नगरपालिकाको मतगणना सुरू

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरु भएको छ । बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।  

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले आजलाई पुन निर्वाचनको मिति तोकेको थियो । हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो ।

यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।

अहिले वडा नम्बर १ र १० बाट गणना सुरू गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ३८ बजे