दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एकीकृत समाजवादीका नेता बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ । नेकपा एकीकृत समाजवादी धादिङका जिल्ला कमिटी सदस्य टिकराम नेपाली बलात्कारको आरोपमा काठमाडौँबाट पक्राउ परेका छन । ठमेल क्षेत्रको ज्याठामा रहेको होटल एक्सेसबाट उनी पक्राउ परेका हुन् ।

धादिङ गजुरीको एक २६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका १४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । होटल एक्ससेमा ती महिलामाथि बलात्कार भएको सूचनाको आधारमा पुगेको प्रहरीले नेपालीलाइ पक्राउ गरेको प्रहरी कार्यालय सोह्रखुट्टेले जनाएको छ ।

घटनामा सम्बन्धमा थप अनुसन्धान भैरहेको छ । उनी माधव नेपाल निकटको युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत हुन । नेपालीलाई छुटाउन समाजवादीका मन्त्रीदेखि बागमती प्रदेशका मुख्यमन्त्रीसम्मको फोन प्रहरीकोमा पुगेको छ । यद्यपी प्रहरीले घटनास्थलबाटै पक्राउ गरेकाले जति ठूलो राजनीतिक दबाब भए पनि केही नहुने बताएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : १८ बजे