साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मेलम्चीको पानी काठमाडौंवासीका लागि उपहार : राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीका लागि उपहार भएको बताउनुभएको छ । आज काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै उहाँले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि सर्वसाधरणमा खुशी बढेको बताउनुभयो ।
मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति भण्डारीले यो आयोजना विस्तार र सदृढिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जलवायु परिवर्तन, जनसंख्या वृद्धिलगायतका कारणले पानी वितरण तथा व्यवस्थापनमा समस्या र जमिनमुनिको पानीको दोहन बढेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले

आयोजनाको शुद्ध पानीले काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको अत्याधिक दोहन न्यूनीकरण हुन्छ भन्नुभयो । 
 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : २६ बजे