‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं सफा राख्न अब जे भेट्यो त्यही उठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरलाई सफा राख्न भन्दै सरसफाइ अभियान थालेको छ ।

अभियान अन्तर्गत अहिले महानगर भित्रका पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर सरसफाइकर्मी खटिएको महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले महाराजगञ्ज, कोटेश्वर, कलङ्की, बालाजु र महाङ्काल–टुँडीखेल क्षेत्रमा सफाइ भइरहेको छ । सफाइका लागि ७५ जना सरसफाइकर्मी खटिएका छन् ।

यो अभियान अन्तर्गत सडकमा ढुङ्गा, माटो वा फोहर जे भेटिए पनि त्यसलाई उठाइने छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : ०७ बजे