दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ

रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : ४२ बजे