मेलम्चीमा ‘टेनएक्स आइटी सोलुसन’को दुई दिने आधारभूत पत्रकारिता तालिम

सिन्धुपाल्चोक । ‘टेनएक्स आइटी  सोलुसन’ ले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन दुई दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ । 

पत्रकारिताप्रति चासो र चिन्ता ब्यत्त गर्ने युवा युवतीहरूलाई लक्षित गरी ‘टेनएक्स आइटी  सोलुसन’ले  मेलम्चीमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको हो । 

तालिमको अभावमा सामाजिक सञ्जालहरूमा जथाभाबी सूचना प्रसारण गर्दा सिङ्गो पत्रकारिता क्षेत्रप्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले तालिम सञ्चालन गरिएको कार्यक्रमका संयोजक  दीपक विक्रम देउजाले बताउनुभयो । 

ह्योल्मो सिन्धु मेलम्ची सामुदायिक उत्थान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा १६ जना युवा युवतीहरूको सहभागिता रहेको संयोजक देउजाले जानकारी दिनुभयो । 

दुई दिनसम्म चलेको आधारभूत पत्रकारिता तालिममा सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार डम्बर रसिक भारती,पत्रकार शिवशत्ति आचार्य, पत्रकार दीपक अर्याल,पत्रकार सरोज सरोज ढुङ्गाना लगायत पत्रकारहरूले प्रशिक्षण गर्नुभएको थियो ।

तालिममा समाचार लेखन, “फाईभ डब्ल्यु वन एच”को प्रयोग,पत्रकारिता पेसाप्रतिको अवसर र चुनौती,आधारभूत पत्रकारिता लगायत विषयमा प्रशिक्षण गराइएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ११ : १९ बजे