प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदान शान्तिपूर्ण 

बाजुरा । बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयनका लागि पुनः मतदान सुरु भएको छ । 

गत वैशाख ३० गते भएको विवादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको हो । मतदान बिहान ९ बजेदेखि साँझ ५ सम्म चल्नेछ ।

प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले १० वटा मतदान स्थलमा मतदानको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार मतदान शान्तिपूर्ण तरिकाले जारी रहेको छ ।

गत निर्वाचनमा मुख्यतः काँग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि असहज अवस्था बन्दै गएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । 

सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतिक दलहरूको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।  

जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली काँग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिनुभएको छ ।

बुढीगंगाको मत परिणाम आएसँगै स्थानीय तहको निर्वाचन भने औपचारिक रूपमा अन्त्य हुनेछ । स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानीय तह हो । 

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ९ : ५४ बजे