काठमाडौं । आज एकै दिन १ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिएको २ हजार ७२४ परीक्षणमा उक्त सङ्क्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा ९० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट पुष्टि भएसँगै नेपालमा दिनानुदिन कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गइरहेको छ ।
प्रकाशित मिति : २२ असार २०७९, बुधबार ५ : १० बजे
प्रतिक्रिया