काठमाडौँ । सरकारले बकर ईदको अवसरमा सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद यही असार २६ गते आइतबार पर्दछ ।
यसअघि फागुन २६ गते नै सरकारले सूचना प्रकाशित गर्दै बकर इदमा सार्वजनिक बिदा दिने जनाएको थियो ।
गृह मन्त्रालयले मुस्लिम आयोगको अनुरोधमा विदा दिइएको जनाएको छ ।
प्रकाशित मिति : २२ असार २०७९, बुधबार ३ : ०८ बजे
प्रतिक्रिया