काठमाडौँ । सुनको मूल्य प्रतितोला रु एक हजार ६०० रुपैयाँल घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला रु ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यता, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति : २२ असार २०७९, बुधबार १२ : ०१ बजे
प्रतिक्रिया