सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिराहाबाट भैँसी लोड गरी काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ३४ बजे