मंसिर २ गते संघीय र प्रदेशको निर्वाचन मिति प्रस्ताव

काठमाडौं  – निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ।

निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले आगामी साता निर्वाचनको मिती घोषणा गर्ने तयारी गरेको छ । आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ।

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको र एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ४२ बजे