दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आलुको बोरमा भेटियो  ८३ लाख नगद 

धनुषा । भारतबाट  आलुसँगै बोरामा ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । 
धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो । 
सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालका अनुसार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । 
बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : ०४ बजे