किसानलाई आधुनिक प्रविधि वितरण

खलङ्गा । जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र  वितरण गरेको छ ।

खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । कार्यालयले  चालु आर्थिक वर्षमा  जिल्लाका  आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई  जोत्नेदेखि तेल पेल्ने, पिस्ने घट्टका साथै जौँ, गहुँ र धान चुट्नेसम्मका उपकरण उपलब्ध गराएको हो । 

चुट्ने अठार, दुई तेल पेल्ने, तीन कुटानी पिसानी र १६ खेत जोत्ने उपकरण वितरण गरिएको कार्यालय प्रमुख  अधिकारीले जानकारी दिनुभयो । महिलाको कार्यबोझ घटाउने, कृषिमा यान्त्रिकरण ल्याउने र समयको बचत गर्ने उद्देश्यले  ती सामग्री वितरण गरिएको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : २१ बजे