गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ

ईलाम । ​​​​​​​ सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोलीसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनको घरको तलासी लिएको थियो । 

प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको ¥याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ०३ बजे