रामेछाप दुर्घटना अपडेट : २१ घाईतेलाई धुलिखेल अस्पताल ल्याईयो

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । काठमाडौंतर्फ आइरहेको बा ३ ख ८३९६ नं को यात्रु बाहक बस लुभु भीरबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अहिलेसम्म २१ जना घाइतेलाई उपचारका लागि धुखिलेल अस्पताल पठाइएको छ । अन्य घाइतेहरुको उद्धार चलिरहेको छ ।

दुर्घटनमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ४५ बजे