राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मल्ल भारतीय सहकारी महासङ्घद्वारा सम्मानित

​​​​​​​​​​​​​​काठमाडौं – राष्ट्रिय सहकारी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई भारतीय राष्ट्रिय सहकारी महासङ्घले सम्मान गरेको छ ।

नेपालको सहकारी अभियानमा उत्कृष्ट योगदान गरेको भन्दै भारतीय राष्ट्रिय सहकारी महासङ्घले सम्मान गरेको हो ।​

१०० औ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा भारतीय सहकारी मन्त्रालय र भारतीय राष्ट्रिय सहकारी महासङ्घले संयुक्त रूपमा आयोजना गरेको विशेष समारोहमा नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई सम्मान गरेको भारतीय राष्ट्रिय सहकारी महासङ्घले जनाएको छ ।

नयाँ दिल्ली स्थित विज्ञान भवनमा आयोजित अन्तर्राष्ट्रिय सहकारी दिवस मुख्य समारोहमा भारतका गृह तथा सहकारी मन्त्री अमित शाहले  उहाँलाई  सम्मान गरेको भारतीय राष्ट्रिय सहकारी महासङ्घका मुख्य कार्यकारी सुधीर महाजनले जानकारी दिनुभयो ।​​​​​​​

​​​​​​​

२ दशकदेखि राष्ट्रिय सहकारी महासङ्घको नेतृत्वमा रहेर सञ्चालक सदस्य, उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष रहनु भएकी मल्ल अन्तर्राष्ट्रिय सहकारी महासङ्घको निवर्तमान बोर्ड सदस्य समेत रहनु भएको छ ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासङ्घमा प्रतिनिधित्व गर्ने मल्ल पहिलो सहकारीकर्मी हुनुहुन्छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : ४२ बजे