मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन अध्यक्ष ओलीको माग 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभएको छ । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभयो । 

विदेशी सेनाको इकाइ नृेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै उहाँले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो । 

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । तर, आइतबार १९ असारसम्म एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ०१ बजे