बागमती प्रदेशको लेखा समितिले छानविन गर्ने

बागमती । बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण  खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानविन गर्ने जनाएको छ ।

लेखा समितिको आज बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण  खरिद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानविन गर्ने निर्णय गरेको छ । छानविनका लागि उपसमितिसमेत गठन गरिएको बताइएको छ । लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरिएको सो समितिले जनाएको छ ।

उपसमितिमा एमालेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामा र  विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्याल तथा सदस्य सचिवमा दीपक अधिकारीलाई तोकिएको छ । छानविन समितिको समय अवधि साउन १० गतेसम्म रहनेछ ।

उपसमिति सदस्य पौड्यालका अनुसार स्वास्थ्य उपकरण  खरिदका विषयमा स्वास्थ्य मन्त्रालय र तत्कालीन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय तथा हालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत २०७६÷७७ देखि हालसम्म वितरण भएका अनुदान  वितरणसम्बन्धी शीर्षक, सङ्ख्या र रकम प्राप्त गर्नेको सम्पूर्ण विवरण मन्त्रालयसँग सात दिनभित्र उपलब्ध गराउन माग गरिने बताइएको छ ।    यसैगरी बैठकले स्थानीय तहमा सार्वजनिक लेखा समितिको गठन र त्यसको प्रभावकारिताका विषयमा काठमाडौँ र धुलिखेलमा  स्थानीय तहसँग अन्तक्र्रिया भएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : १६ बजे