मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

जसपाले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको नाम, आजै शपथ हुनसक्ने 

काठमाडौँ । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्ततः ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस हुनुभएको हो । 

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अध्यक्ष उपेन्द्र  यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताउनुभयो । उहाँका अनुसार सम्भवतः आजै शपथ हुनेछ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ११ बजे