साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ५३ संक्रमित

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना मुक्त भएका छन् । आज संक्रमणबाट मृत्युदर शून्य छ ।

हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ०७ बजे