दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विनोद शाहीको हत्याआरोपमा मेयरसहित ७ जना पक्राउ

नेपालगञ्ज – करिब महिना दिन अघि अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको हत्याको आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

गत जेठ १७ गते देखि हाराइरहेका साही २१ गते मृत भेटिएका थिए । शाही मृत्यूको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले मेयर चलाउने सहितलाई नियन्त्रणमा लिएको हो ।

मेयर चलाउने सहतिको संलग्नतामा हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।
यसअघि जाहेरी दर्ता भएका मध्ये पाँचजनालाई पक्राउ गरेको र अन्य दुईजनालाई हिजो नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ११ बजे