मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

वामदेव गौतमलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा

​​​​​​​काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ ।

सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कासन गरेको भन्ने खबर सत्य नभएको बताउनुभएको छ ।

“अभियानका नौ जना सचिवालय सदस्यहरू मध्ये युवराज सफलले २०७९ असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र १७ असारमा संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ।”,  प्रमुख पाण्डेले भन्नुभयो । 

सञ्चारमाध्यमले सफल नेतृत्वको सचिवालय बैठकले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने गलत समाचार भएको उहाँको भनाइ छ ।

साथै, गौतमसमक्ष सफलले राजीनामा दिनुभएको पत्र प्रचार विभाग प्रमुख पाण्डेले सार्वजनिक गर्नुभएको छ  । नेता गौतम नेतृत्वको अभियानमा संलग्न हुन आउनुभएका आधुनिक नेपाल समाजवादी पार्टी नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका प्रमुखहरूलाई अन्य दलसँग वार्ता गर्न गठन गरिएको वार्ता टोलीमा गौतमले समावेश नगरेको तथा सचिवालय गठन गर्दा उक्त पार्टीका नेताहरूलाई नराखेपछि राजीनामा दिएको सफलले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : १८ बजे