बबरमहलमा कार दुर्घटना, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । 

घाइते हुनेमा कार चालक भक्तपुर कमल विनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् । 

घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । घाइते मध्ये गिरीको अवस्था गम्भीर रहेको छ । 

आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : ३४ बजे