‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गठबन्धनमा आबद्ध विद्यार्थीहरू स्ववियु निर्वाचन गर्न चाँहदैनन’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष जेनिस लामाले गठबन्धन सरकार र उनीहरूसँग निकट विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको बताउनुभएको छ ।

चक्रपथ डटकमसँग कुराकानी गर्नुहुँदै उहाँले अनेरास्ववियुले स्ववियु निर्वाचनको लागि निरन्तर दबाब दिइरहेको बताउनुभयो । 

उहाँले वर्तमान सरकार इतिहासकै नालायक सरकार भएको बताउनुहुँदै जति दबाब दिए पनि सरकारले विद्यार्थीहरूलाई  पाठ्यपुस्तक समेत व्यवस्था गर्न नसकेको बताउनुभयो । 

वर्तमान सरकारको लाचारीकाको कारण किसानहरूले खेती गर्ने समयमा रासायनिक मलसमेत पाउन नसकेको बताउनुहुँदै कोषाध्यक्ष लामाले वर्तमान सरकारकै कारण मुलुक आर्थिक सङ्कटतर्फ गइरहेको बताउनुभयो । उहाँले सरकारले पटक पटक गरिरहेको मूल्यवृद्धि अनेरास्ववियुकै आन्दोलनको कारण घटाएको बताउनुभयो । 

उहाँले अझै पनि सरकारले मूल्यवृद्धि गर्न खोजेको भन्दै त्यसका लागि अनेरास्ववियुले निरन्तर खबरदारी गरिरहने बताउनुभयो । कोषाध्यक्ष लामाले  वर्तमान शिक्षा नीति नफेरेसम्म मुलुकको विकास नहुने बताउनुभयो । उहाँले विश्व बजारसँग प्रतिस्पर्धा गर्नका लागि वैज्ञानिक शिक्षा नीति ल्याउन जरुरी रहेको बताउनुभयो । 

हेर्नुहोस् भिडियो अन्तर्वार्ता:

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : ४८ बजे