काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ः०० बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
सचिवालयको आजको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिका बारे छलफल हुने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : १९ असार २०७९, आइतबार ७ : ३४ बजे
प्रतिक्रिया