काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला

काठमाडौं । काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् ।  

मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेका छन् । उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ लगिएको छ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ५८ बजे