मनसुन क्रमशः क्षीण हुँदै

किसानले कृषि उत्पादन बढाए बजारको कुनै समस्या हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताउनुभएको छ । एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उहाँले भारत र चीन जस्तो बिसाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताउनुभयो । 

उहाँले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाब दिनुभयो ।  उहाले परम्परागत खेति किसानबाट भन्दा औषधिय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेति गर्नतर्फ लाग्नु पर्ने बताउनुभयो। 

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : ३१ बजे