तीन प्रदेशमा वर्षाको सम्भावना

निहुरो टिप्न भारतीय जंगल गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

बर्दिया । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ । 
बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका गोडिया भाग्दै घर नजिक पुगे पनि अत्याधिक रगत बगेसँगै उनको मृत्यु भएको छ । 
थोली 
उनलाई कसले गोली हानेको हो खुलिसकेको छैन । उनलाई भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ५ : २८ बजे