काठमाडाैँलाई माग्ने मुक्त बनाउने तयारी सुरू

​​​​​​​काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले आफ्नो नगर क्षेत्रलाई माग्ने मुक्त बनाउने तयारी सुरू गरेको छ । महानगरले एक सूचना नै जारी गरेर सडकमा भिख माग्न प्रतिबन्ध लगाएको जनाएको छ ।

सूचना अनुसार अब काठमाडौं महानगरभित्रका क्षेत्रमा भिख माग्न पाइने छैन । महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको हो ।

साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : २३ बजे