यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सुनको भाउ ३०० रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ शुक्रबार ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 

यता, शुक्ररबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३५ रुपैयाँ कायम रहेको थियो ।
 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ५६ बजे