सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डिएसपीमा बढुवा (सुची सहित)

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालका ५६ जना इन्सपेक्टरहरू डिएसपीमा बढुवा सिफारिस भएका छन । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खड्काका अनुसार बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
१४ वर्षदेखि इन्सपेक्टरमा कार्यरत रहेकाहरू पनि डिएसपीको बढुवमा परेका छन । बढुवा सिफारिसको एक नम्बरमा रामेश्वर श्रेष्ठ र ५६ नम्बरमा सुरज रिजाल रहेका छन ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ५६ बजे