दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कुटपिट मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय सिताराम चौधरी रहेका छन् । उनलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।

कुटपिट अङ्गभङ्ग मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजको २०६५ जेठ १३ गतेको फैसलाले चौधरी दोषी ठहर गरेको थिए । 

साढे ७ दिन कैद र १ सय ७७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेको उनलाई गाउँमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

पक्राउ परेका चौधरीलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : ३५ बजे