तीन प्रदेशमा वर्षाको सम्भावना

देउवा पत्नी आरजुलाई कोरोना संक्रमण 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बस्नुभएको छ ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँ क्वारेटाइनमा बस्नुभएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ४ : २८ बजे