यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

दक्षिण कोरियामा कोभिड-१९ का ९,५९५ नयाँ सङ्क्रमित फेला

सियोल । दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् ।  यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १०,४६३ बाट घटेको बताइएको छ  । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७, ४९३ भन्दा बढी थियो। 
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ ।

थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४,५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको  छ । 
 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : ५४ बजे