दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कङ्ग्रेसमा सहभागी हुने

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को कङ्ग्रेसमा सहभागी हुने भएको छ ।  

एन्फाका अनुसार साफको साधारण सभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी  बिहीबार बङ्गलादेशको राजधानी ढाका प्रस्थान गर्दै हुनुहुन्छ । 

असार ६ गते सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्ष पदमा पराजित हुनुभएको थियो । पराजित भए पनि जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो । 

यसअघि, अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो । 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : ०१ बजे