जङ्गली च्याउ खाँदा बुटवलमा एकै गाउँका १९ जना बिरामी

काठमाडौँ  । बुटवलमा जङ्गली च्याउ खाँदा एकै  गाउँका १९ जना बिरामी भएका छन् ।

बुधवार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन। बिरामी भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको  छ ।

गम्भीर बिरामी हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ७ : ३२ बजे