तीन प्रदेशमा वर्षाको सम्भावना

एमालेको सामाजिक सेवा केन्द्रद्वारा बाढी पिडितलाई राहत वितरण सुरु

विराटनगर- नेकपा एमालेले तीन महिना अघि गठन गरेको सामाजिक सेवा केन्द्रले बाढी पिडितहरुलाई राहत वितरण गर्न सुरु गरेको छ ।

केही दिन देखि आएको बाढीले मोरङका विभिन्न ठाउँमा घरबार विहिन भएकाहरुलाई आज सामाजिक सेवा केन्द्रका संयोजक मोती दुगडले राहत वितरण गर्नुभएको हो । दुगडका अनुसार मोरङको विराटनगर,बुढीगंगा,टंकीसुनुवारी,कटारी लगायतका दर्जनौं बाढी पिडितलाई राहत विरतण गरिएको छ । खाद्य पदार्थ,लत्ता कपडा र घर निर्माणका सामग्री समेत वितरण गरिएको दुगडले जानकारी दिनुभयो ।

तीन महिना अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्नुभएको सामाजिक सेवा केन्द्रले अब देशैभरीका बाढी पिडितलाई राहात र उद्यारका प्याकेज लैजाने जनाएको छ ।

‘आपत्तकालिन उद्यार र राहातका लागि हामी तयारी अवस्थामा छौं । देशका विभिन्न ठाउँबाट पार्टी र अन्य च्यानलबाट पनि हामीलाई सहयोगको माग भएको छ’ एमाले केन्द्रीय सदस्य समेत रहनु भएका दुगडले भन्नुभयो ‘हाम्रो प्रयास प्राकृतिक प्रकोपबाट उत्पन्न समस्याले कसैको पनि ज्यान जोखिममा नपरोस भन्नेमा छ ।’

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ४६ बजे