दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई तथा शुभकामना

​​​​​​​काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ । 

६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार भएको प्रतिक्रिया दिएको हो ।  

कतार एफएले पंकज अध्यक्षमा निर्वाचित भएको नौ दिनपछि बधाई शुभकामना दिएको थियो । निर्वाचनमा पंकज पक्षको बहुमत भए पनि क्लिन स्विप भने गर्न असफल भयो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पंकज समूहबाट निर्वाचित भएका थिए । 

हाल कतार एफएले नेपाललाई सहिद स्मारक ए डिभिजन लिगको स्पोन्सर र नेपाली राष्ट्रिय फुटबल टोलीको कतारमा तयारी व्यवस्थासहित चोट बाकेका खेलाडीको अस्पेटार अस्पतालमा उपचार गराउन सहयोग गर्दै आएको छ । 

यस्तै, कतारले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई समेत नेपालमा अनुदानमा प्रशिक्षण दिन पठाएको छ । 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ३० बजे