जननेता मदन भण्डारी र कम्युनिष्ट आन्दोलनको सफलता

भनिन्छ, सफल व्यक्तित्वहरु कुनै नयाँ काम गर्दैनन्, बरु उनीहरूले त्यही काम नयाँ तरिकाले गर्दछन् । कुशल नेतृत्व र अद्भुत क्षमता भएका मानिसहरूलाई कुनै पनि कार्य अरूको तुलनामा ज्यादै छिटो र ज्यादै सुव्यवस्थित रूपमा सम्पन्न गर्दछन् भन्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनका सफल व्यक्तित्व कमरेड मदन भण्डरीको जीवनकालबाट पनि प्रमाणित हुन्छ । उहाँ पार्टीको केन्द्रीय कमिटीमा संगठित भएको एक दशकमै पार्टीको सर्वोच्च पदमा पुग्नु, महाधिवेशनले बीजारोपण गरेको नयाँ विचारलाई १ वर्षभित्रै प्रभावकारी रूपमा प्रयोगमा ल्याउनु जननेताको विचार र व्यक्तित्वको क्षमता हो । राजाले प्रत्यक्ष नेतृत्व गरेको ३० लामो निरंकुश पञ्चायती व्यवस्थालाई  समाप्त गर्नका लागि सबै लोकतन्त्र पक्षधर राजनैतिक दलहरूलाई एक स्थानमा ल्याउने साहसिलो काम मदन भण्डारीकै नेतृत्वमा सफल भएको हो ।  

मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विचार स्थापित गर्नुभयो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सिद्धान्तले विश्व कम्युनिष्ट आन्दोलनमा समेत एउटा नयाँ बहसको सुरूआत गरायो । परम्परागत शैली र क्रान्तिकालीन मनोविज्ञानमा जकडिएको कम्युनिष्ट सत्ताको विघटनले उत्पन्न गरेको चुनौतीलाई ख्याल गरेर नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उँचाइमा उठाउनु विश्व कम्युनिष्ट आन्दोलनमा समेत ठूलो योगदान हो । यसरी उहाँले चुनौतीलाई पनि चुनौती दिनुभयो । उहाँले अघि सार्नभएको विचार र   सिद्धान्तले नेपालमा टुत्रैm टुक्रामा बाँडिएको कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध पार्न ठूलो भूमिका खेलेको तथ्य जगजाहेर नै छ । ४० वर्षको युवा उमेरमै उहाँले अदभूत क्षमताको प्रदर्शन गर्नुभयो । यस्तो क्षमताकै कारण उहाँको षड्यन्त्रमूलक रहस्यमय दुर्घनामा उहाँको भौतिक अवसान भयो । उहाँको भौतिक शरीर हाम्रासामु नरहे पनि उहाँको वैचारिक नेतृत्व नेपालको कम्युनिष्ट आन्दोलन र राजनैतिक आन्दोलनमा अझ पनि उत्तिकै सान्दर्भिक, नेतृत्वदायी, प्रेरणादायी र ऊर्जावान रहेको छ । 

कमरेड मोदनाथ प्रश्रितका अनुसार कमरेड मदन भण्डारी बनारसबाट आफ्नो पढाइ सकेर पहाडबाट बसाइ सराइ गरी मोरङ्गको इटहरामा आई केही समय ठूलो परिवारलाई व्यवस्थित गर्ने कार्यमा लाग्नु भयो । केही समय पारीवारिक व्यवस्थापन गरेपछि कमरेडहरू जीवराज आश्रित र मोदनाथ प्रश्रितको सल्लाहमा उहाँ पूर्णकालीन रूपमा पार्टी काममा काममा लाग्नुभयो । कमरेड मदन भण्डारी, मोदनाथ प्रश्रित र जीवराज आश्रितहरू बनारसबाटै एउटै साहित्यिक मञ्चमा काम गर्नुभएको थियो । कमरेड पुष्पलालको नेतृत्वबाट सन्तोष नभएको र फरक ढंगले कम्युनिष्ट पार्टीलाई शसक्त रूपमा अघि बढाउन उहाँहरू लागिरहनुभएको थियो । त्यतिबेला पार्टीको जनवर्गीय संगठनहरूको मुखपत्रको रूपमा प्रकाशित हुने मुक्तिमोर्चाको माध्यमबाट उहाँहरू वैचारिक रूपमा सक्रिय हुनुहुन्थ्यो । पछि यसलाई नै संगठित समूह बनाएर ‘मुक्तिमोर्चा समूह’ बनाउनुभएको थियो । यसै समूहको माध्यमबाट छुट्टै नेपालमा छिन्नभिन्न अवस्थामा रहेको भएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरी अगाडि बढाउने उद्देश्यका साथ मुक्तिमोर्चालाई कोअर्डिनेसन केन्द्र (नेकपा मालेको पूर्व रूप)मा समाहित बनाउनुभयो । यसै गरी पूर्वको रातो झण्डा, सन्देश समूह लगायत समूहहरुलाई समेत नेकपा मालेमा समाहित बनाउन क्रियाशील रहनुभयो । 

वि.स. २०३५ सालको साउनमा कमरेडहरू जीवराज आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रित कोअर्डिनेसन केन्द्र(को—के) को केन्द्रीय कमिटीमा संगठित हुनु भयो । केन्द्रीय कमिटीको बैठकले कमरेड मदनकै कार्यक्षेत्र मोरङ्गको इटहरामा उहाँकै व्यवस्थापनमा २०३५ साल पौषमा नेकपा मालेको संमेलन गर्ने गरी कमरेड मदनलाई सो जिम्मेवारी प्रदान गर्यो । अत्यन्त चुनौतीपूर्ण अवस्थाको भूमिगत सम्मेलन पनि उहाँको कुशल व्यवस्थापनमा भव्यताको साथमा उहाँकै कार्यक्षेत्रमा सम्पन्न भयो । उक्त सम्मेलनबाट कमरेड मदनले पुनः उक्त कमिटीको केन्द्रीय सदस्यमा जिम्मेवारी प्राप्त गर्नु भयो । त्यति बेलासम्म नेकपा मालेले पार्टीको नीति तथा कार्यक्रमहरू व्यवस्थित रुपमा तयार गरी सकेको थिएन । कामकै दौरान विचारको छलफलहरू भई नै रहेका थिए । विगतमा प्रयोग भएका कार्यनीतिहरू व्यवहारमा कार्यान्वयन गर्ने र संश्लेषणका लागि बहस तथा छलफलहरू हुँदै थिए । विशेष गरी कम्युनिष्ट पार्टीलाई जनताको बीचमा कसरी पु¥याउने र नेपाली समाजलाई कसरी आमूल रूपान्तरण गरी नेपाली जनताको हक अधिकारलाई स्थापित गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र बहस एवं छलफलहरू चलिरहेकै थियो । 

कमरेड मदन पार्टीको संगठनात्मक काममा सक्रिय हुँदै २०३७ सालबाट आप्mना विचारहरूलाई पनि प्रभावकारी रूपमा राख्ने र वैचारिक बहसहरूमा सकृयता देखाउन थाल्नु भएको थियो । उहाँले एक दशककै अवधिमा वैचारिक बहसबाट आपूmलाई माथि उठाउँदै पार्टीको सर्वोच्च नेताका रूपमा ०४६ सालको नेकपा मालेको चोथौ महाधिवेशनमा स्थापित गर्नु नै भयो । उहाँ पार्टीको महासचिव निर्वाचित हुनु भएपछि महाधिवेशले पार्टीको भूमिगत शैली र सशस्त्र संघर्षको कार्यनीतिमा परिवर्तन गरी जनआन्दोलन मार्फत निरंकुश राजतन्त्रको अन्त्य गर्ने बाटो लियो । प्िरतस्पर्धाको प्रजातान्त्रिक पद्धतिबाट पनि समाजको आमूल रूपान्तरण गर्न सकिन्छ भन्ने कार्यनीति अघि बढायो । यस कार्यनीतिलाई यथाशीघ्र व्यवहारमा कार्यान्वयन गर्नका लागि निरकुंश पञ्चायती व्यवस्थाको अन्त्य अनिवार्य थियो । यसका लागि पञ्चायत विरोधी वाम तथा प्रजातान्त्रिक शक्तिहरूको संयुक्त जनआन्दोलनको तयारीका लागि नयाँ जिम्मेवारीका साथ कमरेड मदन भण्डारी राजधानी काठमाडौँ पुग्नुभयो । नेकपा मालेको केन्द्रीय कार्यालयको सेल्टरको रूपमा कमरेड कुलबहादुर आचार्य र कमरेड विष्णु रिमालकाको संयुक्त डेरा थियो । त्यहाँ यो पङ्क्तिकारको पनि सहयोग रहेको थियो ।

कमरेड मदन भण्डारीले २०४६ भदौमा भएको नेकपा मालेको चौथौ महाधिवेशनमा पार्टी निर्माणबारे आधारभूत प्रस्तावना नामको दस्तावेजमा पार्टी निर्माण तथा पचिालनका बारेमा ज्यादै महत्वपूर्ण विचार प्रस्तुत गर्नु भएको थियो जसमा रहेको एउटा सानो अंश जो अहिले पनि अत्यन्त सान्दर्भिक भएकोले उल्लेख गरिएको छ । 

‘कम्युनिष्ट पार्टी सञ्चालित हुने विज्ञानसम्मत संगठनात्मक सिद्धान्त हुन्छ, त्यो लेनिनवादी संगठनात्मक सिद्धान्त हो । यसलाई पालना नगर्ने कम्युनिष्ट पार्टीहरू छिन्नभिन्न हुन्छन् र त्यस्तो भएन भने पनि तिनीहरूले आमूल रूपान्तरणको अगुवाई गर्न सक्दैनन् । हाम्रो देशमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भयो र २२ सालसम्म पुग्दा विभाजित एवं छिन्नभिन्न भयो । कम्युनिष्ट पार्टीमा भएको विभाजनमा राजनैतिक, सैद्धान्तिक र अरू कारणहरू धेर थोर जति भए पनि गैरसर्वहारा प्रवृत्ति र लेनिनवादी संगठनात्मक सिद्धान्तको गम्भीर रूपमा उल्लंघन भएको तथ्य कसैले लुकाउन सकिदैन । यो उल्लंघन फुटेर जानेहरूले मात्र गरेका हुन् भन्न सकिन्न । संगठन निर्माण गर्ने र त्यसलाई सञ्चालन गर्ने, वस्तु वा घटनालाई हेर्ने, विश्लेषण गर्ने, विचारलाई खेल्न दिने, फरक मतहरूलाई सञ्चालन गर्ने, नीति निर्माण गर्ने तथा विचारधारात्मक संघर्ष सञ्चालन गर्ने, नेतृत्वको दायित्व निर्वाह गर्ने र कार्यकर्ता परिचालन गर्ने जस्ता अनेकौँ सवालमा संगठनात्मक सिद्धान्तको उल्लंघन भएको हुन सक्छ ।’ 

पार्टीको महासचिव भएपछि कमरेड मदनका अगाडि एकै पटक धेरै खालका चुनौतीहरू देखापरे । पार्टीको नीति तथा कार्यक्रमलाई व्यवस्थित गर्ने, बदलिएको सोचका आधारमा पार्टी पंक्तिलाई सचेत र संगठित गर्ने, कार्यनीति कार्यान्वयनका लागि वामआन्दोलनलाई एक गर्दै काँग्रेस लगायतका पञ्चायत विरोधी शक्तिहरूलाई आन्दोलनका लागि सहमत बनाउने र व्यापक रूपमा जनआन्दोलनमा सहभागी बनाउने आदि । यी सबै कार्यमा कमरेड मदन भण्डारीले छोटो समयमा पार्टीलाई कुशलताका साथ नेतृत्व गर्दै परिचालन गरी ०४६ सालको जनआन्दोलन सफलताकासाथ सम्पन्न गर्न कुशल नेतृत्व प्रदान गर्नुभयो । 

जनआन्दोलनपछि नेपालको नयाँ संविधान तयार गर्ने, पार्टीलाई खुला परिवेशमा नयाँ ढंगबाट पुर्नगठन गर्ने क्रममा वाम एकताका लागि नेकपा माक्र्सवादी लगायतका पार्टी तथा अन्य कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूसँग एकीकृत गर्दै कम्युनिष्ट सिंगो पार्टीलाई एकीकरण गर्ने, महाधिवेशसनले नवीन विचारको रूपमा पारित गरेको जबजको विचारलाई निर्वाचनको प्रतिस्पर्धामा विजयी बनाउँदै व्यवहारबाट प्रमाणित गर्ने कार्यहरू सम्पन्न भए । यसरी कम्युनिष्ट पार्टीलाई जनताबाट अनुमोदन गराउँदै विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेको ठूलो चुनौतीलाई समेत सही बाटो देखाउने कार्यमा सफलता प्राप्त भयो । ०४६ सालको चौथौ महाधिवेशनवाट विषय प्रवेश भएको प्रतिस्पर्धाको आधारमा कम्युनिष्ट पार्टीलाई जनतामा स्थापित गर्दै आमूल परिवर्तनको दिशामा अगाडि बढ्ने कार्यक्रम तथा कार्यनीतिहरूलाई व्यवहारबाटै स्थापित गर्ने काम हुँदैआयो । २०४९ सालको माघमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनमा कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम तथा कार्यनीतिलाई विधिवत रूपमा अनुमोदन गराउने कार्यको समेत नेतृत्व गर्नु भयो । नेपालको राजनीतिमा नयाँ आयाम स्थापना गर्दै नेपाली समाजको आमूल रूपान्तरणको अभियान सञ्चालनका लागि नयाँ र स्पष्ट मार्गदर्शन समेत तयार गर्नुभयो । 

नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड मदन भण्डारीका थप  विशिष्ठ योगदानहरू

  • नेपालको निरंकुश व्यवस्था विरोधी संयुक्त जनआन्दोलनको सफलता । 
  • नेपाली क्रान्तिको सिद्धान्त जबज प्रतिपादन । 
  • नेपाली कम्युनिष्ट आन्दोलनको बदलिदो परिस्थिति अनुकूलको कार्यनीति निर्माण ।
  • नयाँ कार्यनीतिलाई व्यवहारमा कार्यान्वयनका लागि निर्वाचनमा सफलता ।
  • नेपाली समाजको आमूल रूपान्तरणको कार्यदिशा निर्धारण र नेपाली समाजलाई तीन चरणमा चरणबद्ध रूपमा गर्न सकिन्छ भन्ने दूरगामी सोच । 
  • नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरणको अगुवाई ।
  • कम्युनिष्ट पार्टी निर्माण तथा परिचालनमा उदाहरणयीय नेतृत्व प्रदान ।

कमरेड मदन भण्डारीबाट लिनैपर्ने महत्वपूर्ण शिक्षाहरू 

  • कुनै पनि महत्वपूर्ण राजनैतिक विषयहरूलाई व्यापक रुपमा छलफल तथा बहसमा लादै प्रजातान्त्रिक पद्धतिबाट पारित गरिनु पर्दछ ।
  • कुनै पनि अभियान तथा कार्यक्रमहरू सरोकारहरू बीचमा समन्वय, सहकार्य र आपसी सहयोगबाट सहज रूपमा सम्पन्न गर्न सकिन्छ ।
  • आफूले लिएका जिम्मेवारीहरू लगनशीलता, इमान्दारीता, प्रतिबद्धताका साथमा गरियो भने मात्र सफलताका साथ नेतृत्व गर्न सकिन्छ ।
  • कुनै पनि नेताले जिम्मेवारी लिँदा आफ्नो चाहना, योग्यता, क्षमता र अनुकूल परिस्थितिका आधारमा लिइयो भने मात्र आप्mनो जिम्मेवारीमा सफल हुन सकिन्छ । 
  • पार्टी नेतृत्वले आप्mना सहयोद्धाहरूको भावना र चाहना बुझेर परिचालन गर्नु पर्दछ भने सहयोद्धाहरूले पनि नेतृत्वको सोचका आधारमा सहयोग र सहकार्य गर्नु पर्दछ । यस कार्यमा नेतृत्वको अहम् भूमिका रहनु पर्दछ ।
  • नेतृत्वले अग्रजहरूको सम्मान गर्ने र सहयोद्धा तथा कार्यकर्ताहरूसँग समन्वय, सहकार्य गर्दै उनीहरूलाई उत्प्रेरणा तथा उत्साहित गर्दै परिचालन गरेर मात्र सफलता प्राप्त गर्न सकिन्छ । 
  • राजनैतिक पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि लागि व्यापक रूपमा पार्टी संगठन र कार्यकर्ताहरूलाई  संगठित, प्रशिक्षित र क्रियाशील बनाउन सक्दा मात्र सफलता पाउन सकिन्छ । 

कमरेड मदन भण्डारी हामीबीच भौतिक रूपमा नरहनुभएको २८ वर्षको अवधिमा पनि नेपालको कम्युनिष्ट आन्दोलनले कमरेड मदन भण्डारीको नेतृत्वमा प्रतिपादन भएको जबजको मार्ग निर्देशनकै आधारमा सत्तामा पुग्न सरकार सञ्चालनको माध्यमबाट शक्तिसञ्चय गर्न सफल भएको छ । समाजको आमूल रूपान्तरणको दिशामा निरन्तर अगाडि बढ्दै जबजको सिद्धान्त, कार्यक्रम तथा कार्यनीतिलाई कार्यान्वयन गरी अगाडि बढिरहेका छ । कमरेड मदनको अनुपस्थितिमा केही समय नेकपा एमाले अगाडि बढे पनि लामो समय माधव नेपालको नेतृत्वकाल सामान्य अवस्थामा रह्यो भने कतिपय अवस्थामा त सरकार निर्माण तथा सञ्चालनमा देखिएको गलत शैलीका कारण जनतामा आलोचनाको विषय हुने र नेकपा एमालेको पहिचानमा समेत प्रश्न चिन्हहरू उठ्न  पुगेको थियो । 

तर, पछिल्लो समय कमरेड केपी ओली पार्टी नेतृत्वमा आएपछि र उहाँले नेतृत्व गरेको सरकारका तर्फबाट नेपाली समाज रूपान्तरणका पक्षमा लिइएका नयाँ सोच र कार्यले जनतामा थप आशा भरोसा जागेको स्पष्ट छ । वाम आन्दोलनलाई एकीकरण गरी सबल सरकार बनाउने सोचका साथमा नेकपा माओवादीसँग भएको एकीकरणबाट जनतामा नयाँ आशा पलाएको थियो । तर माओवादीका नेता प्रचण्ड र माधव नेपालका गलत रवैयाका कारण नेपालको कम्युनिष्ट पार्टीमा धक्का लाग्न गएको छ । यी अस्थायी धक्काका कारणहरूको चिरफार गर्दै षड्यन्त्रकारी पक्ष र तत्वको भण्डाफोर गर्ने र नेकपा एमालेको सरकारले नेपाली समाजको रूपान्तरणमा गरेका योगदानहरुलाई जनताको बीचमा प्रचार गरी समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउनका लागि पुनः नेपाली जनतालाई सचेत र संगठित गर्दै अघि बढ्न आवश्यक छ । आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउन  सक्दा नेपाली समाजको आमूल रूपान्तरणको महाअभियान सफल हुनेछ । 

(लेखक मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : १५ बजे