मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मदन भण्डारी फाउण्डेशन इलामको अध्यक्षमा प्रकाश अधिकारी 

काठमाडौँ  । मदन भण्डारी फाउण्डेशन इलामको चौथो जिल्ला अधिवेशन मङ्गलवार जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ ।

जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य अगमप्रसाद वान्तवाको प्रमुख आतिथ्यता चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो । 

चौथो जिल्ला अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । जिल्ला कार्य समितिको उपाध्यक्षमा  रमेश राई, सचिवमा छवि श्रेष्ठ, उपसचिवमा  सावित्रा शिवा, र कोषाध्यक्षमा  दिपेन्द्र खनाल चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा तेजमाया गुरुङ, शिव भण्डारी,  धन बहादुर फ्याक, दिनेश ढकाल, मित्र खड्का, सिताराम  घिमिरे, चन्द्र बर्देवा, प्रवेश पराजुली, नोमनाथ खतिवडा, प्रेम गुरुङ, तुलसा खत्री, विपनम गुरुङ, प्रदिप अधिकारी, प्रकाश खनाल, खम्बासिंह लिम्बू, कुश बहादुर थेवे, सटेन्द्र  जवेगु, कुलचन्द्र कट्टेल, दामोदर चापागाईँ, र एल.बि. थाम्सुहाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

कार्यक्रमका वक्ताहरूले जननेता भण्डारीले प्रतिवादन गर्नुभएका जनताको बहुदलीय जनवाद र यसको सान्दर्भिकताका बारेमा चर्चा परिचर्चा तथा सङ्कल्प गदै उहाँले प्रतिपादन गर्नुभएका विचारहरूलाई उन्नत परिष्कृत बनाउँदै लैजान तथा समाजमा जननेता भण्डारीका विचारलाई स्थापित गर्नका लागि सामूहिक प्रयत्न जारी राख्नुपर्ने तथा आम जनताको बीचमा बहुदलीय जनवादका बारेमा बहस पैरवी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 

मदन भण्डारी फाउण्डेशन इलामका अध्यक्ष गणेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका सचिव केशवकुमार धौरालीले  राजनीतिक, वैचारिक तथा सांगठानिक क्षेत्रमा गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य लोकनाथ सुवेदी, प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई,  एमाले  जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, प्रदेश कमिटी सदस्यहरू रत्न अधिकारी, छत्र बराइली, ओमनारायण खनाल एवं एमाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा रहेको थियो । 

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : १७ बजे