मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

धान दिवसका अवसरमा कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ । 

प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ३३ बजे