‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाली राजनीतिका महानायकलाई हार्दिक श्रद्धाञ्जली

आज जननेता मदन भण्डारीको ७१ औँ जयन्ती हो । मदन भण्डारीको जन्म वि.स.२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । मदन भण्डारी नेपाली राजनीतिमा बिर्सनै नसकिने नाम हो । साहित्य, गीतसङ्गीत, संस्कृति, खेल आदि अनेकौँ विषयमा मदन भण्डारीको प्रभाव देखिन्छ । उहाँलाई मानिसहरू विलक्षण प्रतिभाका धनी भन्दछन् । वहाँको बहुआयामिक व्यक्तित्वबारे धेरै मानिसहरू मुक्त कण्ठले प्रशंसा गर्दछन् र स्मरण गर्दछन् । यसरी धेरै विषयमा बहुचर्चा पाउने व्यक्ति कम हु्न्छन्, तिनै साह्रै कममध्ये पर्नुहुन्छ— मदनकुमार भण्डारी, छोटोमा मदन भण्डारी र सम्मानसाथ जननेता मदन भण्डारी । वास्तवमा मदन भण्डारी ‘जननेता’ हुनुहुन्थो । उहाँलाई अहिले जसरी जनेताका रूपमा सम्मानसहत स्मरण गरिएको छ, यसरी नै वहाँ युगौँ युगसम्म सम्मानित रहनुहुनेछ ।  

मदन भण्डारीलाई सम्मान र सम्झना गर्नुपर्ने धेरै विषय छन् । छोटो जीवनकालमा वहाँले नेपाली राजनीति, समाज र मानिसहरूमा पार्नुभएको प्रभाव र प्राप्त गर्नुभएको सम्मान कुलपरम्पराबाट होइन, जातसमुदायबाट होइन, कुनै भूगोलबाट होइन, एउटा कुनै खास विषयको अध्ययनबाट होइन; वहाँले जनता, समाज र राष्ट्रप्रतिको दायित्वबोध, निष्ठा र समर्पणका साथ परिश्रमबाट प्राप्त गर्नुभएको हो । 
कुनै एउटा कुलवंशमा जन्मेर, एउटा भूगोल, एउटा, भाषा, एउटा समुदायमा जन्मेर सबैको साझा विश्वासको व्यक्तित्व बन्ने क्षमता थोरै मानिसहरूमा हुन्छ । मदन भण्डारीले त्यो क्षमता विकास गर्नुभयो, प्रकट गर्नुभयो, प्रभाव पार्नुभयो र थप साझा र जननेता बन्नुभयो । यो वहाँको सोच, विचार, व्यवहार र परिश्रमको उपलब्धि हो । 

वि.स. २००७ सालमा प्राप्त राजनीतिक उपलब्धि बहुदलीय व्यवस्था हो । त्यतिबेलाको त्रिपक्षीय (राजा, राणा र काँग्रेसका बीचमा) गरिएको समझदारी अनुसार संविधानसभाको चुनाव हुनुपर्ने थियो । त्यस समझदारीमा नेपाल कम्युनिष्ट पार्टीलाई सहभागी बनाइएको थिएन । यसको कारण अन्य राजनीतिक छुद्रतासँगै नेपाल कम्युनिष्ट पार्टी त्यतिबेला नयाँ र सानो (कमजोर) ठानिनु हो । बाहिर सानो र नयाँ भनिए पनि संभवतः त्यही नयाँ र सानो कम्युनिष्ट पार्टीको प्रभाव रोक्न संविधानसभाको चुनाव गराइएन र समझदारी कार्यान्वयन भएन । बरु, राजा र काँग्रेस मिलेर कम्युनिष्ट पार्टीमाथि नै प्रतिबन्ध लगाए । पछि टंकप्रसाद आचार्य नेतृत्वको सरकारले प्रतिबन्ध हटायो । 

संविधानसभाको चुनाव नगराएको मात्र होइन, विभिन्न बहानामा लामो समय (२०१५ सम्म) कुनै चुनाव नै भएन । २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा नेपाली काँग्रेसले अत्यधिक बहुमतले र नेपाल कम्युनिष्ट पार्टीले चार सीटमा विजय प्राप्त ग¥यो । निर्वाचित सीट सङ्ख्या चार वटा मात्र भए पनि सम्मानजनक मत प्राप्त गरेको थियो । 

वि.स. २०१७ तत्कालीन राजा महेन्द्रले निर्वाचित संसद विघटन गरी राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाए । नेताहरूको धरपकड भयो । प्रधामन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला जेल परे । पार्टीहरू प्रतिबन्धित भएपछि निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाले मनपरि शासन चल्यो । 

देशका मुख्य राजनीतिक पार्टीहरू बीचको बेमेलका कारण राजाले यो कदम चाल्न सकेका हुन् भन्ने स्पष्ट छ । यो कदमलाई हेर्ने बुझ्ने सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टीमा मतभेद देखाप¥यो, अर्थात् कम्युनिष्ट पार्टीभित्र पनि दरबारको प्रभाव प¥यो । एकातिर, काँग्रेस र कम्युनिष्टका बीच दुरी बनाउन सकेको दरबार, कम्युनिष्ट पार्र्टी भित्रको मतभेदमा समेत खेल्न पायो । 
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव नेता पुष्पलालले विघटित संसद पुनःस्थापनाको मागसहित कम्युनिष्ट काँग्रेसबीच संयुक्त जनआन्दोलनको विचार अगाडि सार्नुभयो, तर नेपाली काँग्रेस लामो समय (२०४६ साल) सम्म तयार भएन । नेपाल कम्युनिष्ट पार्टीमा समेत फुट र विभाजन आयो । छिरोलिएको राजनीतिक शक्तिको फाइदा राजाले लिनु स्वाभाविक थियो । यसबाट सिक्न र एकजुुट हुन नसक्नु राजनीतिक दलहरूको कमजोरी थियो । जसको असर नेपाल र नेपाली भोग्नुप¥यो । 
यी सबै घटनाक्रमहरूको मसिनो विश्लेषण गर्ने काम मदन भण्डारीबाट भएको स्पष्ट देख्न सकिन्छ । वहाँले कम्युनिष्ट पार्टीका नेताहरूको प्रवृत्तिको विश्लेषण गर्नुभयो, बुझ्नुभयो । कम्युनिष्ट आन्दोलनका सकारात्मक र नकारात्मक पक्षहरूको निर्मम समीक्षा गर्नुभयो । क्रमशः अनेकौँ धारमा विभाजित कम्युनिष्ट समूहहरूलाई एकजुट पार्ने प्रयत्नलाई तीव्रता दिनुभयो । साथै, नेपाली काँग्रेसलाई पनि निरंकुश निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध कम्युनिष्टहरूसँग मिलेर अघि बढ्न सहमत बनाउनुभयो । देशका सात वटा कम्युनिष्ट घटकहरूको एउटै वाममोर्चा निर्माण र नेपाली काँग्रेससँग संयुक्त आन्दोलन मदन भण्डारीको दृष्टिकोण, सुझबुझ र समन्वयको परिणाम थियो । यस अर्थमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसको विजयको श्रेय मदन भण्डारीमा जान्छ । 
आन्दोलनमा प्रत्यक्ष देखिएको यो एउटा उदाहरण हो, अरूको राजनीतिक कमजोरीका कारण गुमेको जनअधिकार मदन भण्डारीका कारण प्राप्त ग¥यौँ । यो आफैमा वहाँप्रति सबैले गौरव गर्न लायक विषय हो । हामी सबै नेपालीले साझा रूपमा प्राप्त गरेको उपलब्धिले मदन भण्डारीलाई जननेता बनाएको हो । 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले एकपछि अर्को गर्दै धक्का खाँदै थियो । कम्युनिष्टहरूमा क्रान्तिकालीन चरित्रमा परिवर्तन आउन सकेको थिएन, जसले गर्दा पछिल्लो पुस्ताका मानिसहरूले कम्युनिष्ट सत्तामा लोकतन्त्र र अपेक्षित खुलापन अनुभव गर्न पाएनन्, न त क्रान्तिका बेलाको अवस्थाबारे निरन्तर जानकारी नै पाइरहे । संसारको अन्य भूभागमा कम्युनिष्ट पार्टीहरूले बेहोर्नु परेको धक्कालाई साम्राज्यवादीहरूले कम्युनिष्ट विचार, सिद्धान्तको नै पराभवको रूपमा प्रचार गरे, जसको असर नेपालमा पनि पर्नु स्वाभाविकै थियो । यस्तो अवस्थाबाट कम्युनिष्ट पार्टीलाई लोकप्रियताको शिखरमा उठाउन र सत्तासंघर्षमा विजय प्राप्त गर्ने अवस्थामा पु¥याउनु ठूलो चुनौतीपूर्ण काम थियो । यो काम मदन भण्डारीको अगुवाइमा नेकपा एमालेले ग¥यो । मदन भण्डारीलाई संसारले नेपालमा कार्ल माक्र्स जन्मेको, जीवित रहेको समेत भन्न विवश भए । वहाँ मदन भण्डारी हो, जसबाट हामी नेपालीहरूले लोकतन्त्र पायौँ, नेपाली कम्युनिष्टहरूले एक्काइसौँ शताब्दीको नेपालमा विकसित माक्र्सवाद पायौँ त्यो सिद्धान्त नै जनताको बहुदलीय जनवाद हो ।  

जनताको बहुदलीय जनवादको सिद्धान्त (त्यतिबेला क्रान्तिको कार्यक्रम)ले आज नेपाली क्रान्तिको मार्गदर्शन गरेको छ । २०६२—०६३ को आन्दोलनको निकास, संविधान सभाबाट बनेको नेपालको संविधान २०७२ निर्माणको आधार सिद्धान्त जनताको बहुदलीय जनवाद नै हो । यसका अन्य अनेकौँ आयामहरूबारे बुझ्न र व्यवहारमा लागू गर्न बाँकी नै छ । आज मदन भण्डारी भौतिक रूपमा नरहनुभएको पनि झण्डै तीन दशक भएको छ । तर उहाँका सिद्धान्त, विचार र वहाँका प्रेरणाहरू हाम्रा लागि सदैव सजीव छन् । मदन भण्डारीका रूपमा जन्मनुभएका युगपुरुषलाई आज ७१ औँ जयन्तीका अवसरमा जननेताको सम्मानसहित हार्दिक श्रद्धाञ्जली !! 

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ३८ बजे