तीन प्रदेशमा वर्षाको सम्भावना

वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देही । वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरहीको शवलाई परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ३५ बजे