साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

भाइरसहरू प्लास्टिकमा टाँसिएर तीन दिनसम्म पानीभित्र जीवितै रहन्छन् : वैज्ञानिक

लन्डन – भाइरसहरू प्लास्टिकमा टाँसिर स्वच्छ पानीमा करिब तीन दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । पखाला वा पेट खराब गराउने भाइरस माइक्रोप्लास्टिकसँग टाँसिएर पानीमा बाँच्न सक्षम भएको विज्ञहरूले बताएका छन् । 

रोटाभाइरस जस्ता भाइरसहरू संक्रामक हुने र स्वास्थ्यमा जोखिम पु¥याउछन् । युनिभर्सिटी अफ स्टर्लिङका अनुसन्धानकर्ताहरूले यस्तो अवलोकन गरेका हुन् । ‘हामीले पत्ता लगायौं कि भाइरसहरू माइक्रोप्लास्टिकम टाँसिन सक्छन् र यसले तिनीहरूलाई तीन दिन र सम्भवतः लामो समयसम्म बाँच्न अनुमति दिन्छ’, स्टर्लिङ विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर रिचर्ड क्विलियमले भने । 

पानीमा माइक्रोप्लास्टिक्समा पाइने भाइरस संक्रामक छ कि छैन भनेर जान्न मानक प्रयोगशाला विधिहरू प्रयोग गरिएको थियो । 

‘हामीले वातावरणमा प्लास्टिकमा टाँसिएर भाइरसहरू राम्रोसँग बाँच्न सक्छन् भन्ने निश्चित थिएनौं । तर तिनीहरू बाँच्छन् र संक्रामक रहन्छन्’ क्विलियमले भने । 

उनले अगाडि थपे, ‘तीन दिनको लागि वातावरणमा संक्रामक भएर फोहोर पानी प्रशोधन कार्यहरूबाट सार्वजनिक समुद्र तटमा पुग्न पर्याप्त छ ।’

सो अध्ययन ‘पर्यावरणीय प्रदूषण’ जर्नलमा प्रकाशित छ । अध्ययनले माइक्रोप्लास्टिक्सले वातावरणमा रोग सर्ने जनाएको छ । 

एजेन्सी

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : २२ बजे