तीन प्रदेशमा वर्षाको सम्भावना

अध्यक्ष ओली र राधिका शाक्यद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता वितरण

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँकी धर्म पत्नी राधिका शाक्यले विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता वितरण गर्नु भएको छ । 

अध्यक्ष ओलीकी धर्म पत्नी राधिका शाक्यले आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट स्थित बाल विनायक आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई ट्रयाकसुट तथा जुत्ता वितरण गर्नुभएको हो । 

​​​​​​​

केहि दिन अघि अध्यक्ष ओलीले उक्त विद्यालयको आकस्मिक अवलोकन गर्नुभएको थियो । अध्यक्ष ओलीले विद्यालयको अवस्था र आवश्यकताबारे जानकारी लिनुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मन्जिव क्षेत्री र प्रदिप खत्रीको पनि उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : २९ बजे